Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो 

Nepal-cricket-1605703827.jpg

३ मंसिर, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ । कोरोना भाईरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराए ।
चन्दले आईसीसीले नेपालको मान्यता सन् २०२३ को मार्चसम्म लम्बाएको बताएका हुन् । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । 
जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा ५ जित र ५ हार व्यहोरेको छ ।
विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग–२ समेत कोरोनाको कारण स्थगित अवस्थामा रहेको छ । लिगमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार व्यहोरेको थियो ।
लिग अन्तर्गत नै सन् २०२० को सुरुवातमा नेपालले पहिलो पटक घरेलु मैदानमा अमेरिका र ओमानको आतित्यथा गर्दै त्रिवि मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता ४ वर्षको लागि हुने गर्छ । सन् २०१८ मा पाएको नेपालको मान्यता सन् २०२२ मा सकिंदै थियो । तर, कोरोनाको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मको लागि आईसीसीले मान्यता लम्ब्याएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार