Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नयाँ मन्त्रीमण्डलमा मकवानपुरबाट एक नेता !

pm-office-1499856721.jpg

२८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रीमण्डलमा मकवानपुरका एक नेताको नाम परेको छ ।
संविधान संशोधन प्रस्तावमा एमाले, राप्रपा लगायतका दलहरु सकारात्मक नभएपछि तत्काललाई संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच आन्तरिक सहमति भएको रिपोर्टर्सनेपाल डट कम को समाचारमा उलेख छ ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले अब ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेको छ। देउवाको तर्फबाट यसअघि नै तीन जना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् । रिपोर्टर्सनेपाल डट कम को समाचार अनुसार नयाँ मन्त्रीमण्डलमा यी नेता मन्त्री बन्ने करिब निश्चित छ ।

कांग्रेसबाट को–को मन्त्री बन्दैछन् ?

अम्बिका बस्नेत, मीन कुमार विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे (देउवाबाट)

बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी (रामचन्द्र पौडेल समूहबाट)

भीमसेनदास प्रधान (सिटौला समूहबाट), मोहन बस्नेत (खुमबहादुर खड्का समूहबाट)

त्यस्तै दिपक खड्का ( डा. शंशाक कोइरालाबाट)

माओवादी केन्द्रबाट को को मन्त्री बन्दैछन् ?

महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी र (सिता नेपाली र गिरिराजमणि पोखरेलमध्ये एकजना) जना मन्त्री बन्ने पक्का भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आउने आईतबार वा सोमबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिसकेका छन् ।
त्यस्तै देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३, कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ वटा र हरिचरण साहलाई पनि १ मन्त्रालय दिने तयारी गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार