Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा-१३ पदमपोखरीमा ४२५ जना कांग्रेसमा प्रवेश

20201128_100108-1606537241.jpg

१३  मंसिर,हेटौँडा।  हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा ठुलो संख्यामा नेपाल कांग्रेसमा प्रवेश गरेका छन्।हिजो भएको कार्यक्रममा नेकपा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।

नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरु श्यामबहादुर थिङ्ग र सञ्चलाल मुक्तानसहित हेटौंडा १३ को थिङ टोल, घलान टोल, वाईबा टोल, मजुवा, पदमपोखरी बजारका नेकपा र राप्रपाका ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको सभाध्यक्षता तथा नकांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको हो।नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपालका कम्युनिष्टले सपनैसपना आश्वासन मात्रै बाडेको बताउँदै गरिव, मजदुर, किशानको नाममा राजनीति गरी जनतालाई झुक्याएको बताए।

प्रचुर बहुमत ल्याएर सत्तामा पुगेको कम्युनिष्ट सरकार ३ वर्षमा चरम भ्रष्टचारको दलदलमा फसेको भन्दै नेता बानियाँले कांग्रेसले ईतिहासदेखि अहिलेसम्म बोलेको कुरा पु¥याएको बताउँदै कांग्रेस परिवर्तनको बहाक रहेको बताए।

नेपालको राजनीतिमा कम्युनिष्टको काम भनेको जनतालाई सपना देखाउने र नेताहरुको श्रीमती तथा छोराछोरीको नाममा सम्पत्ति थुपार्ने काम मात्रै गर्ने ब्यवहारबाट देखिएको बताउँदै नेता बानियाँले कांग्रेसले अफ्ठ्यारो परिस्थितिको सामना गर्दै समयअनुसार जनचाहना बमोजिम राणा, राजा फाल्दै हिंसामा रहेको माओवादीलाई सत्तामा ल्याएर संविधानसभाको निर्वाचन गरी संविधान दिलाएको स्मरण गराएका थिए।

नवप्रवेशीलाई सदस्यता दिएर कांग्रेसमा स्वागत गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले योग्यता क्षमता र लगनशिलताको आधारमा पार्टीमा उचित भूमिका दिईने बताए।कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार उमा दाहाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सदस्य लक्ष्मी थिङ्ग, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरी, श्यामबहादुर थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेला तथा पार्टी प्रवेश कार्यक्रममा मकवानपुर जिल्ला सचिव आनन्द कठायत, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, भीमबहादुर भोम्जन, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल दाहाल, तरुण विभाग संयोजक एवं जिल्ला सदस्य अर्जुन तिवारी, सुनिल अधिकारी, क्षेत्रीय उपसभापति गणेशहरि उप्रेती, हेटौंडा उपमहानगर नगर कोषाध्यक्ष कविन सांगामी, कृष्ण थिङ्ग, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार