Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्व फुटबलको वरियतामा नेपाल यथावत

Nepal-national-football-t-1607650320.jpg

२४ मंसिर, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको छ । 
फिफाले बिहिबार सार्वजनीक गरेको नयाँ वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको हो । पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो । 
नेपाल सहितका दक्षिण एसियाली देशले अन्तराष्ट्रिय फुटबल खेल्ने पाएका छैनन् । सोही कारण सबैको वरियता यथावत रहेको छ । 
तर बंगलादेश वरियतामा दुई स्थान तल झरेको छ । गत हप्तामात्र बंगलादेशले विश्वकप छनोटमा कतारसंग खेल गुमाएको थियो । सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो । 
दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ । 
यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो । 
विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन । वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार