Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

 भोलिदेखि मतदाता नामावली संकलन

20107052_1351732664912040-1500109753.jpg

मतदाता नामावली दर्ता तथा दाबी बिरोध कार्यक्रमको बारेमा जानकारी गराउदै जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेल


   ३१ असार,हेटौडा । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही साउन १ गते आइतबारबाट सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने भएको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मकवानपुरले पनि जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गर्ने  भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग  अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै  निर्वाचन कार्यालयले मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रका मतदातान गर्न योग्य  नयाँ मतदाताको नामावली संकलन गरिने बताएको हो ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले साउन १ गतेबाट १५ गते सम्म मतदाता नामावली संकलन गरिने १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था गरिकोे बताए । 
साथै पाडेलले यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने र  सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने बताए । 

राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी दुवाडी ,स्थानिय विकास अधिकारी नारायण मैनाली , नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल , माओबादी केन्द्र का मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नयाँ शक्ती पार्टी नेपाल मकवानपुरका सह–संयोजक जिवनमान मोक्तान, संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोले सहित विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागी राजनीतिकर्मीले मतदाता अद्यावधिक गर्न १५ दिनको अवधि पर्याप्त नभएको बताएका थिए  भने कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले मतदाता नामावली संकलन र  दावी बिरोध गर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार