मतदाता नामावली दर्ता तथा दाबी बिरोध कार्यक्रमको बारेमा जानकारी गराउदै जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेल
३१ असार,हेटौडा । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही साउन १ गते आइतबारबाट सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने भएको छ ।
निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मकवानपुरले पनि जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै निर्वाचन कार्यालयले मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रका मतदातान गर्न योग्य नयाँ मतदाताको नामावली संकलन गरिने बताएको हो ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले साउन १ गतेबाट १५ गते सम्म मतदाता नामावली संकलन गरिने १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था गरिकोे बताए ।
साथै पाडेलले यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने र सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने बताए ।
राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी दुवाडी ,स्थानिय विकास अधिकारी नारायण मैनाली , नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल , माओबादी केन्द्र का मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नयाँ शक्ती पार्टी नेपाल मकवानपुरका सह–संयोजक जिवनमान मोक्तान, संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोले सहित विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागी राजनीतिकर्मीले मतदाता अद्यावधिक गर्न १५ दिनको अवधि पर्याप्त नभएको बताएका थिए भने कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले मतदाता नामावली संकलन र दावी बिरोध गर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















