Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संवैधानिक परिषदको बैठक विना निर्णय सकियो

EpRvtm_UYAI4CDc-1608083403.jpg

१ पुष, हेटौंडा । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको संवैधानिक परिषदको बैठक विना कुनै निर्णय सकिएको छ ।
प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषदको बैठक कुनै निर्णय नै नगरी सकिएको बालुवटार स्रोतले जानकारी दिएको छ ।
पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता गर्दै एकाएक राष्ट्रपतिबाट संवैधानिक परिषदको बैठक बस्ने र निर्णय लिने प्रावधान संशोधन गरेर अध्यादेश जारी गरेपछि हिजो साँझ पहिलो बैठक बसेको थियो ।
बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त अर्का दुई सदस्य राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित भएका थिए ।
बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठकले कुनै नियुक्ति नगरेको जानकारी दिँदै विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्रै भएको बताए ।
यसअघि हिजै मंगलबार सरकारले प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । जसमा ३ जना सहमत भएमा निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।
तर सरकारले ल्याएको यस विधेयकको प्रधानमन्त्रीको आफ्नै पार्टी नेकपाका नेताहरुका साथै विपक्षीसहित सर्वत्र विरोध भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार