६ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्सलाई ६–२ गोल अन्तरले हराएको छ ।
आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान युनाईटेडले लिड्समाथि फराकिलो जित दर्ता गरेको हो । खेलको दोस्रो मिनेटमै स्कट म्याकतोमिने म्यान युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा उनले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
लगत्तै तेस्रो मिनेटमा ब्यक्तिगत दोस्रो गर्दै म्यान युनाईटेडको अग्रता दोब्बर बनाए । एन्टोनी मार्टियलको पासलाई सदुपयोग गर्दै उनले सुरुवाती तीन मिनेटमै म्यान युनाईटेडलाई २–० ले अघि बढाए ।
ब्रुनो फर्कान्डेसले २० औं मिनेटमा म्यान युनाईटेडको अग्रता ३–० मा पुर्याए । मार्टियलकै पासलाई सदुपयोग गर्दै विक्टर निल्सन लिन्डेलोफले ३७ औं मिनेटमा म्यान युनाईटेडका लागि चौथो गोल गरे ।
पहिलो हाफ सकिन तीन मिनेट अघि लिड्सका लियान कुपरले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।
दोस्रो हाफमा समेत म्यान युनाईटेड रोकिएन । ६६ औं मिनेटमा ड्यानियल जेम्सले म्यान युनाईटेडलाई ५–१ को अग्रता दिलाए । ७० औं मिनेटमा ब्रुनोले पेनाल्टीमा घरेलु टोलीका लागि छैटौं गोल गरे ।
लिड्सका स्टुअर्ट डलासले गोल गर्दै हार अन्तर घटाउने काम गरे । जित सहित म्यान युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १४ औं स्थानको लिड्स रेलिगेशन जोन भन्दा ४ अंकले मात्र माथि छ ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















