Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडाको पाउडर प्लान्ट टेण्डरमा अनियमितताको उजुरी, परामर्शदार्तामार्फत छानविन गरिने

Plant-1608617696.jpg

७ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा-१० सिसौघारीमा स्थापना गर्न लागेको पाउडर  दुग्ध प्लान्ट टेण्डरको परामर्शदार्तामार्फत छानविन हुने भएको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिको मंगलबार हेटौंडामा बसेको बैठकले पाउडर प्लान्ट निर्माणका लागि गरिएको टेण्डरको सम्पूर्ण कागजात मगाई परामर्शदातामार्फत छानविन गर्ने निर्णय गरेको हो । पाउण्डर प्लान्ट निर्माणको टेण्डरमा ठूलो आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा सांसदहरु चन्द्र लामा, जिवन डंगोल, सिता अधिकारी, ओम ग्लान, विनोद खड्का र रमेश पौड्याल रहेका थिए । 
‘दुग्ध विकास बोर्डले सबै कागजात उपलव्ध नगराएकाले पुनः कागजात माग्ने निर्णय गरियो’–समिति सभापति एवं कार्यदल संयोजक श्रेष्ठले भने–‘कागजात आएपछि परामर्शदाता नियुक्त गरी छानविन अघि बढाईने छ ।’ टेण्डर प्रकाशित भएपछि अनियमितताको उजुरी परेको थियो । त्यसपछि टेण्डर प्रक्रिया रोक्न लेखा समितिले दिएको निर्देशन समेत प्रदेश दुग्ध विकास बोर्डले वेवास्ता गरेको श्रेष्ठको भनाई छ । टेण्डरमा इजि इन्फ्रा प्रालि र गौरेश्वर निर्माण सेवा प्रालिले सहभागिता जनाएका थिए । 
भौतिक संरचना निर्माणसहित पाउडर प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपैंया लागत लाग्ने भएपनि मूल्य बढाएर ४५ करोडको इष्टिमेट गरिएको र ४१ करोड २२ लाखमा निर्माणको जिम्मा दिएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले टेण्डर प्रक्रियामा एक दर्जन बढि त्रुटी औल्याएको जनाईएको छ । ‘कम लगातमा निर्माण हुनेमा मूल्य बढाएर टेण्डर दिईनुमै अनियमितताको आशंका गरिएको छ ।’–लेखा समितिका एक सदस्यले भने । समितिले टेण्डर प्रक्रियाबारे संघीय सरकार अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत राय मागेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार