Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडाको पाउडर प्लान्ट टेण्डरमा अनियमितताको उजुरी, परामर्शदार्तामार्फत छानविन गरिने

Plant-1608617696.jpg

७ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा-१० सिसौघारीमा स्थापना गर्न लागेको पाउडर  दुग्ध प्लान्ट टेण्डरको परामर्शदार्तामार्फत छानविन हुने भएको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिको मंगलबार हेटौंडामा बसेको बैठकले पाउडर प्लान्ट निर्माणका लागि गरिएको टेण्डरको सम्पूर्ण कागजात मगाई परामर्शदातामार्फत छानविन गर्ने निर्णय गरेको हो । पाउण्डर प्लान्ट निर्माणको टेण्डरमा ठूलो आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा सांसदहरु चन्द्र लामा, जिवन डंगोल, सिता अधिकारी, ओम ग्लान, विनोद खड्का र रमेश पौड्याल रहेका थिए । 
‘दुग्ध विकास बोर्डले सबै कागजात उपलव्ध नगराएकाले पुनः कागजात माग्ने निर्णय गरियो’–समिति सभापति एवं कार्यदल संयोजक श्रेष्ठले भने–‘कागजात आएपछि परामर्शदाता नियुक्त गरी छानविन अघि बढाईने छ ।’ टेण्डर प्रकाशित भएपछि अनियमितताको उजुरी परेको थियो । त्यसपछि टेण्डर प्रक्रिया रोक्न लेखा समितिले दिएको निर्देशन समेत प्रदेश दुग्ध विकास बोर्डले वेवास्ता गरेको श्रेष्ठको भनाई छ । टेण्डरमा इजि इन्फ्रा प्रालि र गौरेश्वर निर्माण सेवा प्रालिले सहभागिता जनाएका थिए । 
भौतिक संरचना निर्माणसहित पाउडर प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपैंया लागत लाग्ने भएपनि मूल्य बढाएर ४५ करोडको इष्टिमेट गरिएको र ४१ करोड २२ लाखमा निर्माणको जिम्मा दिएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले टेण्डर प्रक्रियामा एक दर्जन बढि त्रुटी औल्याएको जनाईएको छ । ‘कम लगातमा निर्माण हुनेमा मूल्य बढाएर टेण्डर दिईनुमै अनियमितताको आशंका गरिएको छ ।’–लेखा समितिका एक सदस्यले भने । समितिले टेण्डर प्रक्रियाबारे संघीय सरकार अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत राय मागेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार