९ पुस, हेटौंडा । आफ्नो २४ औं वार्षिक साधारणसभा एवम् रजत महोत्सवको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नारायणी बहुद्देश्यीय सहकारी संस्थाले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारीले पुस ९ गतेदेखि पुस १५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले कोरोना महामारीका कारण सहकारीको कार्यक्रम फरक ढंगबाट गर्न लागिएको जानकारी दिए । अध्यक्ष न्यौपानेका अनुसार पुस ९ गते विहीबार संस्थाको परिस र मेनरोडको सरसफाई कार्यक्रम र साधारणसभाको शुभारम्भ गरिनेछ ।
त्यस्तै १० गते संस्थाको प्राङ्गणमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिनेछ भने ११ गते रक्तदान तथा वृद्धवृद्धा सम्मानको कार्यक्रम राखिएको छ । १२ गते औद्योगिक क्षेत्रको नवनिर्मित भवन अगाडि धुपीको बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । १३ गते सदस्यहरु र संस्थाका सञ्चालक तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखिएको छ ।
यस्तै १४ गते मान सेवा आश्रममा आश्रितलाई खाद्यान्न बितरणको कार्यक्रम गरिने र १५ गते २४ औं वार्षिक साधारणसभा तथा रजत महोत्सव समापन कार्यक्रम राखिएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
हेटौंडा उपमहानगर र मनहरी गाउँपालिका कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ८ सय ७ जना शेयर सदस्य रहेका छन् । सहकारीले बचत तथा ऋणको कारोबार साथै निर्माण सामाग्री तथा ग्यासकोसमेत व्यावसायिक सेवा प्रदान गर्दै आएको छ ।
सहकारीले बितेको आर्थिक वर्षमा मात्रै एक अर्ब १७ करोड ८८ लाख रुपैयाँको आर्थिक कारोबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । हेटौंडा–९ नम्बर वडाध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







