Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बेरुजुरहित प्रदेश बनाउन बागमती प्रदेशका सचिवहरुलाई लेखा समितिद्वारा निर्देशन

Bagmati-Pradesh-Sabha-1608782250.jpg

९ पुस, हेटौंडा । बागमती प्रदेशसभा अन्तरगतको सार्वजनिक लेखा समितिले बागमती प्रदेशका सचिवहरुलाई पारदर्शिता कायम गर्न निर्देशन दिएको छ ।
महालेखापरीक्षकको बार्षिक प्रतिवेदन २०७४/७५ को साझा विषयमाथिको छलफलका क्रममा लेखा समितिले प्रदेशमा भईरहेका अनियमितता र बेरुजु रोकी पारदर्शिता कायम गर्न निर्देशन दिएको हो । समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठको सभाध्यक्षतामा बसेको बैठकले प्रतिवेदनमा विभिन्न मन्त्रालयहरुमा बेरुजु औल्याईएकोले आगामी दिनमा यसलाई रोक्दै बागमती प्रदेशलाई बेरुजुरहित प्रदेश बनाउने ढंगले काम गर्न सचिवहरुलाई निर्देशन दिएको छ ।
छलफलमा सहभागी बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विकेले बागमती प्रदेशमा चुस्त र पारदर्शी प्रशासनका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । उनले समितिको निर्देशन अनुसार प्रदेशलाई बेरुजुरहित प्रदेश बनाउन आफु लागि पर्ने बताए ।
बैठकमा सहभागी प्रदेशका सबै मन्त्रालयका सचिवहरुले आफु मातहतका निकायलाई जनउत्तरदायी र पारदर्शी बनाउन कडाईका साथ अघि बढ्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार