९ पुस, हेटौंडा । हेटौंडाको एफसी विजय युथ क्लबको अयोजनामा विजय युथ हेटौंडा मिनि गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आज (बिहीबार) विहान पत्रकार सम्मेलनको आयाजना गर्दै क्लबले यहि माघ २२ गते देखि फागुन १ गतेसम्म प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।
हेटौंडा १० मा रहेको बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा आयोजक एफसी विजय युथ क्लब सहित मकवानपुर ११, नव जनजागृती युवा क्लब सिमरा, विरगंज युथ क्लब बिरगंज, बिरगंज युनाईटेड बिरगंज, सर्लाही ११ सर्लाही, दुधौली स्पोर्टस क्लब सिन्धुली, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज विएफसी चितवन र एफसी रियल काठमाडौंले सहभागीता जनाउँने क्लबका सचिव एबम कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए ।
करिब २१ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ३ लाख र दोश्रो हुने टिमलाई १ लाख ५० हजार पुरस्कार प्रदान गरिने छ ।
यसैगरी प्रतियोगितामा उत्कृट गोल रक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र कोच लाई जनही पाँच पाँच हजारको पुरस्कार प्रदान गरिने संयोजक भेटवालले बताए ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप राजबहाक, प्रशिक्षक सुविन घिमिरे, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगर अध्यक्ष चन्द्र शाही, फुटबल संघका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष टिका लामा लगायतको उपस्थिती रहेको थियो ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















