Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा प्रचण्ड–माधव समुहद्वारा आन्दोलनको घोषणा

Nekapa_Dahal-Nepal-samuha-1608813248.jpg

९ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलनको घोषणा गरेको छ । 
पौष ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले पार्टी संगठन र पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका प्रवृतिका विरुद्ध र संसद विघटनको विरुद्ध संघर्ष गर्ने घोषण गरेको हो । 
पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले पौष १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगायतका नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सोही दिन दिउँसो २ बजे अध्यक्षद्धयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । 
यस्तै पुष १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउदै एकताविरुद्धका भ्रमलाई चिर्ने र कसरी संघर्षका कार्यक्रम अघि बढाउने भन्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । पुष १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिका स्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
संघर्षको कार्यक्रमलाई व्यवस्थित बनाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समिती र उक्त समितिको सचिवालय पनि गठन गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार