Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा उपमहानगरपालिकामा साढे ३ बर्षपछि लेखा समिति, तैपनि जुटेन सहमति

Hetauda-Mun-1608813572.jpg

९ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ३ बर्ष ६ महिनापछि लेखा समिति गठन भएपनि सहमति जुट्न सकेको छैन ।
स्थानीय तहको गठन भएसंगै लेखा समिति गठन गर्नुपर्ने भएपनि मेयर हरिबहादुर महतको उदासिनताका कारण समिति गठन हुन सकेको थिएन । तर मंसिर १६ गते बसेको नगर कार्यपालिका बैठकले लेखा समिति गठन गरेपनि यसमा सहमति जुट्न नसकेको हो । 
हेटौंडा वडा नम्बर ६ की वडा सदस्य शुभद्रा तिमल्सिना संयोजक र अन्य २ जना नेकपाका जनप्रतिनिधि राखेर लेखा समिति गठन गरेको मेयर महतले कार्यपालिका बैठकलाई जानकारी दिएको हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । निर्णय भएको दिन कार्यपालिका सदस्य नभएका कारण उनी बैठकमा उपस्थित थिईनन् । उनलाई उपमहानगरपालिका कार्यालयबाट पछि जिम्मेवारी दिईएकोबारे जानकारी दिईएको थियो ।
 तर तिमल्सिनाले आफुले जिम्मेवारी लिन नसक्ने जानकारी मेयरलाई गराएपछि मेयरले यसबारे सोच्ने बताएको स्रोतले जानकारी दिएको छ । तिमल्सिनाले ढिलो गरी समिति गठन गरेको र आफु लेखासम्बन्धी जानकार नभएकाले समितिमा बस्न नसक्ने मेयरलाई जानकारी गराएको जनाईएको । 
उपमहानगरपालिकामा भएका आर्थिक गतिविधिको पारदर्शिता जाँचका लागि गठन गरिने लेखा समिति प्रतिपक्षीलाई दिने प्रचलन छ । मेयर र उपमेयर दुबै नेकपाका भएकाले लेखा समिति संयोजक अन्य पार्टीलाई दिनुपर्ने हुन्छ । नेपाली कांग्रेसलाई दिंदा ३ बर्षसम्म भएका आर्थिक गतिविधि राम्ररी केलाएर समस्या उत्पन्न हुन सक्ने आशंकाले राप्रपाबाट जिल्लामै निर्वाचित एकमात्रै जनप्रतिनिधि तिमल्सिनालाई मेयर महतले संयोजक बनाएको एक जनप्रतिनिधिले बताए । उनलाई ढिलो गरी गठन गरेको समितिमार्फत ३ बर्षको हिसाव अनुमोदन गराउन खोजिएको भन्दै जिम्मेवारी नलिन अन्य जनप्रतिनिधिहरुले सुझाव दिएका छन् ।
‘हामीले शुरुदेखि नै लेखा समिति गठनका लागि माग गरेका थियौं’–हेटौंडा वडा नम्बर ६ का अध्यक्ष चौलागाईले भने–‘तर ३ बर्ष ६ महिनापछि गठन गर्नु बदनियतपूर्ण छ ।’ कांग्रेसको नेतृत्वमा लेखा समिति गठन गरे मनोमानी ढंगबाट भएका खर्चको हिसाव बाहिरिने डरमा मेयर महत रहेको उनको दावी छ । उनले चालु बर्षको बजेट तयार गर्नु अघि नै आफुहरुले अवरोध गर्न खोजेपछि मेयर महतले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उठाएका विषय सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपनि महत पुनः प्रतिवद्धताबाट भागेको आरोप लगाए । 
उनले अघिल्लो कार्यपालिका बैठकमा आफुले विभिन्न विषयमा जवाफ मागेको बताउँदै उनले आगामी बैठकमा जवाफ नआए आफुहरुले पत्रकार सम्मेलनमार्फत विषयहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार