१० पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय निर्देशन अनुसार पुस १३ गते गर्ने विरोध प्रदर्शनको तयारी थालेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने भएको हो ।
शुक्रबार नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति विष्णु प्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले मकवानपुरको दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा र क्षेत्र नम्बर २ को थाहा नगरपालिकाको थाना बजारमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । दुबै स्थानमा दिनको १२ बजे विरोध प्रदर्शनको कार्यक्रम निर्धारण गरिएको प्रतिनिध सभाका क्षेत्रिय सभापति द्वय दामोदर खनाल र यतिराज सापकोटाले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति लामिछाने सहित पार्टी सचिव द्वय बुद्ध लामा र आनन्दराज कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, सहसचिव रामबाबु बानियाँ, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सभापतिहरू ताराप्रसाद चौलागाईं, लोक मोक्तान, हेटौंडा नगर सभापति आनन्दरामा पराजुली, नेपाली काङ्ग्रेस महिला बिभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठलगाएतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)