Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओलिको असंबैधानिक कदम बिरुद्ध मकवनपुर कांग्रेसले आज प्रदर्शन गर्दै

FB_IMG_1609124024454-1609124245.jpg

file photo

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलिको असंबैधानिक कदम बिरुद्ध मकवनपुर कांग्रेसले आज विरोध प्रदर्शन गर्दै छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध काङ्ग्रेस मकवानपुरले केन्द्रीय कार्यक्रम अन्तर्गत प्रदर्शन गर्ने भएको हो ।
शुक्रबार नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति विष्णु प्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले मकवानपुरको दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
काङ्ग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा र क्षेत्र नम्बर २ को थाहा नगरपालिकाको थाना बजारमा विरोध प्रदर्शन गर्न लागेको हो ।
दुबै स्थानमा दिनको १२ बजे विरोध प्रदर्शनको कार्यक्रम निर्धारण गरिएको प्रतिनिध सभाका क्षेत्रिय सभापति द्वय दामोदर खनाल र यतिराज सापकोटाले जानकारी दिए । हेटौंडाको प्रदर्सनमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँको सहभागिता रहने कार्यबाहक सभापति बिष्णु लामिछानेले जानकारी दिए ।
यसैगरी थाहा नगरपालिकाको पालुङ्गमा हुने प्रदर्शनमा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको सहभागिता रहने छ ।
यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल समेत गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार