१३ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असंबैधानिक बाटो हिडेको भन्दै सोमबार मकवानपुरको दुई स्थानमा बिरोध प्रर्दशन गरेको छ ।
कांग्रेसले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा र क्षेत्र नम्बर २ को थाहा नगरपालिकाको थाना बजारमा विरोध प्रदर्शन गरेको हो ।
हेटौंडाको प्रर्दशनमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र बागमती प्रदेश संसदीय दलका नेता एबम जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोद खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप पराजुली, सल्लाहकार रिता खनाल, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोइराला, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उनाराज रानामगर, अमन श्रेष्ठ, कृष्ण न्यौपानेको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि ९९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा जिल्लाका पदाधिकारी, नेता तथा भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी, सदस्य तथा क्रियाशिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाली कांग्रेस मकवानपुरले उत्तरी क्षेत्र थाहा नगरपालिकाको पालुङ्ग स्थित थाना बजारमा बिरोध प्रदर्शन गरेको थियो ।
थाहा नगरपालिकामा भएको प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा र आनन्द कठायत, कांग्रेस मकवानपुर सल्लाहकार एवम् महासमिति सदस्य जयराम लामिछाने, महासमिति सदस्य उमा दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्त चेपाङ, महासमिति सदस्य उदयमोहन श्रेष्ठलगायतले कम्युनिष्ट सरकार सर्वसत्तावादी भएको र अलोकतान्त्रिक एवम् असंवैधानिक निर्णय गर्दै अघि बढेको धारणा राखेका थिए ।
कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकलगायतका नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा सत्तारुढ दल नेकपा र राप्रपा परित्याग गरी ३० जना कांग्रेसमा प्रवेश गरेका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



