१६ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले देशमा कम्युनिष्टले बहुमत प्राप्त गरी ५ वर्षसम्म सरकार चलाउन दिएपनि जनताको मतलाई कुठाराघात गरको आरोप लगाएकी छन् ।
नेपाली कांग्रेस मकवानपुरले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहिबार हेटौंडामा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेतृ डिनाले पार्टीको आन्तरिक किचलोका कारण देशलाई नै बन्धक बनाउने काम गरेको बताउँदै कम्युनिष्टले जनतालाई दुःख दिंदै देशलाई अप्ठयारो परिस्थितिमा पु¥याएको दावी गरिन् ।
उनले कांग्रेसका संस्थापक नेता वीपी, गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत अन्य शीर्ष नेताहरु राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले सम्झिरहने र अहिले देशको अवस्थालाई मध्यनजर गर्दा वीपीको नीति अत्यन्तै आवश्यक रहेको बताईन ।
वि.सं. २०३३ साल पौष १६ गते महामानव विश्वेश्वरप्रसाद कोइरालाका साथ लौह पुरुष स्वर्गीय गणेशमान सिंह र अन्य शीर्ष नेताहरु सहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो भने २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए ।
तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबाहाक अध्यक्ष विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एमव नेतृ उपाध्यायको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा सचिव बुद्ध लामा, कोषाध्यक्ष, गोपीलाल विश्कर्मा, जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले वीपी र गणेशमानको योगदान र राष्ट्रिय एकता तथा मेलमिलापको बारेमा चर्चा गरेका थिए ।
विचार गोष्ठीमा कांग्रेस मकवानपुरका पदाधिकारी, महासमिति सदस्यहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, वडासभापतिहरु, भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी एव सदस्यहरु, क्रियाशिल सदस्यहरु र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













