६ साउन ,हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जन निर्वाचीत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एवं नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको प्रमूख आतिथ्यतामा विचार गोष्ठी भएको हो । प्रमूख अतिथि रेग्मीले क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी रहेको बताउँदै उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेको बताईन ।
कार्यक्रममा कार्यबाहक सभापति लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, जिल्ल सदस्यहरु ईन्दिरा न्यौपाने, मिलन परियार, काँग्रेस नेता भीमसेन महत, नेविसंघका अध्यक्ष राजु खतिवडाले वीपी कोईरालाको योगदानको बारेमा चर्चा गरेका थियो ।
कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु सुनिल दाहाल, राजिव सुवेदी, कृष्णप्रसाद दाहाल, अमृता थापा मगर, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल सचिव सचित थापालगायत पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस ईकाई समिती द्वारा पनि बीपी कोईरालाको ३५ औं स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम गरेको छ ।
मकवानपुर क्याम्पस ईकाई अध्यक्ष उमेशलाल स्याङतानको सभाध्यक्षता तथा नेपाल विद्यार्थी संघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र राउतको प्रमूख आतिथ्यतामा भएको गोष्ठीमा विशिष्ट अतिथि नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, जिल्ला सदस्यहरु कविता बर्तौला, सुभाष तिमल्सिना, सुभाष सापकोटा, केशव भारती, मिलन पुडासैनीलगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















