Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काँग्रेस मकवानपुरद्धारा विचार गोष्ठी सम्पन्न 

b11-1500635330.jpg


 ६ साउन ,हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जन निर्वाचीत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एवं नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको प्रमूख आतिथ्यतामा विचार गोष्ठी भएको हो । प्रमूख अतिथि रेग्मीले क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी रहेको बताउँदै उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेको बताईन ।
कार्यक्रममा कार्यबाहक सभापति लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, जिल्ल सदस्यहरु ईन्दिरा न्यौपाने, मिलन परियार, काँग्रेस नेता भीमसेन महत, नेविसंघका अध्यक्ष राजु खतिवडाले वीपी कोईरालाको योगदानको बारेमा चर्चा गरेका थियो ।
कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु सुनिल दाहाल, राजिव सुवेदी, कृष्णप्रसाद दाहाल, अमृता थापा मगर, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल सचिव सचित थापालगायत पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस ईकाई समिती द्वारा पनि बीपी कोईरालाको ३५ औं स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम गरेको छ ।

 मकवानपुर क्याम्पस ईकाई अध्यक्ष उमेशलाल स्याङतानको सभाध्यक्षता तथा नेपाल विद्यार्थी संघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र राउतको प्रमूख आतिथ्यतामा भएको गोष्ठीमा विशिष्ट अतिथि नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, जिल्ला सदस्यहरु कविता बर्तौला, सुभाष तिमल्सिना, सुभाष सापकोटा, केशव भारती, मिलन पुडासैनीलगायतकाले  मन्तव्य ब्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार