Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा–१३ मा ६३ जना नेपाली कांग्रेस प्रवेश

136372059_339909499353625-1610064214.jpg

२४ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी ६३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
बिहीबार वडामा भएको टोल समिति गठन कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका देवीसिंह मोक्तानसहित विभिन्न पार्टी परित्याग गरी ६३ जना कांग्रेसमा प्रवेश गरेका हुन् । 
उनीहरुलाई नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछानेलगायतका नेताहरुले कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि लामिछानेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कारण मुलुक गम्भीर संकटमा पुगेको बताए । भ्रष्टाचार र भागबन्डामा कुरा नमिलेर अहिले नेकपा फुटको अवस्थामा पुगेको उनको आरोप थियो । 
कांग्रेस वडा सभापति चम्फुरत्न लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, जिल्ला सदस्य राजिव सुवेदी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सभापति तारानाथ चौलागाइँलगायतले संसद् विघटनको बिरुद्धमा कांग्रेसले आन्दोलन जारी राखेकोले सहभागी हुन अनुरोध गरे । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार