Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले आज हेटौँडा, जुरेली, मनहरी र बज्रबाराहीमा विरोध प्रदर्शन गर्दै

131300115_408129180856529-1610151356.jpg

file photo

२५ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आज (शनिबार) संसद् विघटन र केपी शर्मा ओली सरकारको कदम विरुद्ध मकवानपुरको विभिन्न ४ स्थानमा विरोध प्रदर्शन गर्दैछ । 
कांग्रेस केन्द्रीय समितिको पूर्व घोषित कार्यक्रम अनुसार देशभरका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने प्रर्दशन अन्तर्गत नेपाली कांग्रेस मवकानपुरले पनि आज(शनिवार) मकवानपुरमा पनि विरोध प्रदर्शन गर्न लागेको हो । 
कांग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत छतिवनमा, १ को प्रदेश सभा ख अन्तर्गत हेटौंडाको बुद्धचोकमा प्रर्दशन गर्दैछ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा क अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ख अन्तर्गत मनहरी बजारमा विरोधसभा आयोजना गर्दैछ । 
हेटौंडामा हुने विरोधसभालाई कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति एवम बागमती प्रदेशका संसदिय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मकवानपुरका प्रवक्त प्रदिप कोइरालाले जानकारी दिए । 
प्रवक्ता कोइरालाले चारै स्थानमा हुने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन कांग्रेसका नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन् । 
मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर विरोध प्रदर्शन तथा सभा सम्मेलनको आयोजना गर्दैै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार