Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कम्युनिस्टलाई इतिहासमा सिमित पार्ने बेला आयो: केसी

20210109_154637-1610186993.jpg

२५ पुस, हेटौंडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिस्टहरुलाई इतिहासमा सिमित पार्नेबेला आएको बताएका छन् ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख ले आयोजना गरेको बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै नेता केसीले नेपाली काङ्ग्रेसको नेतृत्वमा प्राप्त उपलब्धिलाई संकटमा पार्ने कम्युनिस्टहरुलाई इतिहासमा सिमित पार्ने समय आएकोले बताएका हुन् ।पार्टी भित्रको आन्तरिक कलह र ब्यक्तिको लहडले संविधान विघटन गरेर ओलिले लोकतन्त्रलाई धरापमा पारेको नेता केसीले आरोप लगाए ।

सरकारको नेतृत्व गरेको तीन बर्ष भित्र गरेका भ्रष्टाचारका मुद्दाहरुलाई ओझेल पार्न केपि ओलिले संविधान विघटनको प्रपन्च रचिएको नेता केसीको आरोप छ । 

उनलेे संसद पुनस्थापना र निर्वाचन दुबै नहुने ठोकुवा गर्दै ओलि सर्बसत्ताबाद तर्फ उन्मुख भएको आरोप लगाए ।नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख का सभापति तारा प्रसाद चौलागाईंको अध्यक्षतामा भएको सभामा नेपाली काङ्ग्रेस मकवानपुरका सभापति एबम बागमती प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर बानियाँ, मकवानपुरका पुर्बसभापती माइकल रामचन्द्र अर्याल, प्रबक्ता प्रदिप कोइराला, नेबि संघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, महिला संघ मकवानपुरकि अध्यक्ष लक्ष्मी श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, चम्फुरत्न लामा लागएतले सम्बोधन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार