२५ पुस,हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओली संबिधानमा नभएको व्यवस्थापन धारा जोडेर संसद विघटन गरि महाराजा बन्न खोजेको आरोप लगाएका छन्।
संसद विघटन विरूद्ध कांग्रेस गरेको ३३० प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘ख’ मनहरी बजारमा आयोजना गरिएको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधनका क्रममा नेता बानियाँले हुदै नभएको कानुनी व्यवस्था ल्याएर जन्ताले मेन्डेड दिएर जिताएका संसद र संविधानको मर्म भावना अनुरुप संसद विघटन गरेर प्रधानमन्त्री ओली महाराजा बन्न खोजेको आरोप लगाएका छन्।
नेता बानियाँले जनताको मत पाएर पनि कम्युनिष्ट पार्टी जनताको मनमा बस्न नसकेको भन्दै उनले लोकतन्त्र खतरामा पार्न खोजे कांग्रेस चुप लागेर नबस्ने भन्दै कांग्रेस चुनावदेखि नडराएको तर नेपाल कम्युनिष्ट पार्टी अहिले सत्ताको स्वार्थ र भागबण्डा नमिलेर दुईभागमा विभाजन भएको आरोप लगाउँदै कम्युनिष्ट पार्टीलाई मिलेरै चुनावमा आउन चेतावनी दिएका छन्।
"संविधानको मर्म र भावना विपरित गरिएको संसद् विघटनलाई बदर गरी संसद् पुर्नस्थापना गर्नुपर्छ,कांग्रेस न्यायालयको निर्णय सम्मान गर्छ,यदी संसद् विघटनकै पक्षमा निर्णय आयो भने चुनावमा जान तयार छ "- नेता बानियाँले भने ।
उनले हामी जनताको बलमा निर्वाचनमा जान तयार छौं’, बानियाँले भने, ‘हिजो राणा र राजालाई समाप्त पारेको कांग्रेसले नेपाललाई कम्युनिष्टमुक्त पनि गराउन सक्ने बताए। संसद विघटनको मुद्दामा राष्ट्रपतिको भूमिका समेत राम्रो नदेखिएको नेता बानियाँको भनाई थियो ।
विरोधसभामा बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले भागबण्डा नमिलेका कारण सत्तारुढ दल नै सडकमा आएको धारणा व्यक्त गरेका थिए।नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का सभापति लोक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, महासमिति सदस्य उमा दाहाल, रञ्जन कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।सभाअघि मनहरीको सिमपानीबाट सरकारको विरुद्धमा नाराबाजी गर्दै कांग्रेसका नेता कार्यकर्ताहरु मनहरी बजार पुगेका थिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



