२५ पुस, हेटौंडा । उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउने तानावाना बुनेपछि संसद विघटन गरिएको बताएका छन् ।
शनिबार मकवानपुरमा आयोजित ओली पक्षीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संसदीय दलको नेता रहेका ओलीलाई संसदको विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमार्फत हटाउने र राष्ट्रपति भण्डारीलाई महाअभियोगमार्फत हटाउने तानबाना प्रचण्ड–नेपाल खेमाले बुनेपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।
कानूनी रुपमा ६४ प्रतिशतको समर्थनमा बनेको प्रधानमन्त्रीलाई निर्णय गर्न नसक्ने अवस्थामा पुर्याएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले ताजा जनादेशमा जाने फैसला गरेको बताउँदै उनले जनताले निर्वाचनबाट दण्डित वा पुरस्कृत गर्ने बताए । सरकारले बैशाखमा नै निर्वाचन हुने भन्दै यसको तयारी थाल्न कार्यकर्ताहरुलाई आव्हान समेत गरे । प्रथम अध्यक्ष केपि शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा नै आधिकारिक भएकोले ओली नेतृत्वकै नेकपाले सूर्य चिन्ह पाउने उनको दावी छ ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा लामा, बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी, जिल्ला सहइन्चार्ज रामेश्वर राना लगायतले नेकपा प्रचण्ड–नेपाल खेमाले गलत गरेको भन्दै कटाक्ष गरेका थिए ।
भेलामा प्रदेशसभा सदस्य समेत रहेका जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई पार्टी हित विपरित काम गरेको भन्दै पार्टीबाट निस्कासन गरेको घोषणा गर्दै एकालाल श्रेष्ठलाई नयाँ अध्यक्ष घोषणा गरिएको थियो ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



