२६ पुस, काठमाडौं । पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।
यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्।
८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्।
सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ।
सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ लाख ४० हजार डलरदेखि २ लाख ८ हजार डलर मूल्य हुनेछ । पिएसएलको ड्राफ्ट आइतबार दिउँसो साढे चार बजेदेखि शुरु हुनेछ । लाहोरमा हुने ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याउनेछन् ।
ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गरेका छन्। बाँकी खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ। एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई जना खेलाडी राख्न पाउनेछ।
यस सिजनको पिएसएल २० फेब्रुअरीदेखि शुरु हुँदैछ। पिएसएलमा कराची किंग्स, क्वेटा ग्लाडिएटर्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, पेरावर जल्मी र लाहोर क्वालन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । (सेतोपाटीबाट)
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















