Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बैंक अध्यक्ष बन्न नपाएपछि इश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

20210110_090759-1610248905.jpg

File Photo

२६ पुस, काठमाडौं । अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् ।
कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘राजीनामा पत्र आएको छ,’ उनले भने, ‘अध्यक्ष बन्न नपाएपछि राजीनामा आएको देखिन्छ ।’
अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उहाँ (कोइराला) उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्यक्ष चुनिएको हो,’ स्रोतले भन्यो, ‘अध्यक्ष चयनपछिको पहिलो बैठक आइतबारलाई डााकिएको छ ।’ बैंक स्रोत पनि अध्यक्ष बन्न नपाएकै कारण राजीनामा आएको दाबी गर्छ ।
राजीनामाका विषयमा कोइरालासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गत भदौ पहिलो साता पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि बैंकको अध्यक्ष पद खाली भएको हो । त्यसयताका सबै बैठकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शर्माले अध्यक्षता गर्दै आएका छन् । सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकका अध्यक्षका कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।
मन्त्रीस्तरीय बैठकबाट तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गत भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेका थिए । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछिको बैंक सञ्चालक समितिको पहिलो बैठक (भदौ १० बुधबार) मा कोइरालालाई अध्यक्ष चुन्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाका विषयमा चौतर्फी विरोध भएपछि त्यो दिन बैठक बस्न सकेन । त्यसपछिका कुनै पनि बैठकमा यो विषयले प्रवेश पाउन सकेको थिएन । गत असोज १५ मा मात्र कोइरालाले सञ्चालकको शपथ लिएका थिए । सञ्चालकमध्ये एक जनालाई अध्यक्ष बनाउने प्रावधान छ । सोही व्यवस्थाअनुसार आफू अध्यक्ष बन्नेमा कोइराला ढुक्क थिए । तर अर्कै व्यक्ति अध्यक्ष बनेपछि चित्त नबुझेर उनले राजीनामा गरेको स्रोत बताउँछ ।
सरकारले कोइरालालाई अध्यक्ष बनाउनकै लागि बैंक पठाएको थियो । तर उनको चौतर्फी विरोध भएपछि करिब ४० दिनपछि मात्र उनले सञ्चालकको शपथ लिएका थिए । कोइरालाले यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाइसकेका छन् । हरेक स्थानमा कुनै न कुनै रूपमा उनको छवि विवादास्पद देखिएको छ । उपप्रधानमन्त्री पोखरेलका सम्धी रहेको र नेकपाका उच्च तहका नेतासँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटकपटक नियुक्ति सरकारी नियुक्ति पाउने गरेका छन् । यही कारण पछिल्लो नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा कोइराला र उपप्रधानमन्त्री पोखरेलको चर्को विरोध भएको थियो । (इकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार