Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बैंक अध्यक्ष बन्न नपाएपछि इश्वर पोखरेलका सम्धीद्वारा राजीनामा

20210110_090759-1610248905.jpg

File Photo

२६ पुस, काठमाडौं । अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् ।
कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘राजीनामा पत्र आएको छ,’ उनले भने, ‘अध्यक्ष बन्न नपाएपछि राजीनामा आएको देखिन्छ ।’
अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उहाँ (कोइराला) उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्यक्ष चुनिएको हो,’ स्रोतले भन्यो, ‘अध्यक्ष चयनपछिको पहिलो बैठक आइतबारलाई डााकिएको छ ।’ बैंक स्रोत पनि अध्यक्ष बन्न नपाएकै कारण राजीनामा आएको दाबी गर्छ ।
राजीनामाका विषयमा कोइरालासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गत भदौ पहिलो साता पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि बैंकको अध्यक्ष पद खाली भएको हो । त्यसयताका सबै बैठकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शर्माले अध्यक्षता गर्दै आएका छन् । सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकका अध्यक्षका कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।
मन्त्रीस्तरीय बैठकबाट तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गत भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेका थिए । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको थियो । त्यसपछिको बैंक सञ्चालक समितिको पहिलो बैठक (भदौ १० बुधबार) मा कोइरालालाई अध्यक्ष चुन्ने प्रस्ताव तय भएको थियो । तर कोइरालाका विषयमा चौतर्फी विरोध भएपछि त्यो दिन बैठक बस्न सकेन । त्यसपछिका कुनै पनि बैठकमा यो विषयले प्रवेश पाउन सकेको थिएन । गत असोज १५ मा मात्र कोइरालाले सञ्चालकको शपथ लिएका थिए । सञ्चालकमध्ये एक जनालाई अध्यक्ष बनाउने प्रावधान छ । सोही व्यवस्थाअनुसार आफू अध्यक्ष बन्नेमा कोइराला ढुक्क थिए । तर अर्कै व्यक्ति अध्यक्ष बनेपछि चित्त नबुझेर उनले राजीनामा गरेको स्रोत बताउँछ ।
सरकारले कोइरालालाई अध्यक्ष बनाउनकै लागि बैंक पठाएको थियो । तर उनको चौतर्फी विरोध भएपछि करिब ४० दिनपछि मात्र उनले सञ्चालकको शपथ लिएका थिए । कोइरालाले यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाइसकेका छन् । हरेक स्थानमा कुनै न कुनै रूपमा उनको छवि विवादास्पद देखिएको छ । उपप्रधानमन्त्री पोखरेलका सम्धी रहेको र नेकपाका उच्च तहका नेतासँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटकपटक नियुक्ति सरकारी नियुक्ति पाउने गरेका छन् । यही कारण पछिल्लो नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा कोइराला र उपप्रधानमन्त्री पोखरेलको चर्को विरोध भएको थियो । (इकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार