सांकेतिक तस्विर
२७ पुस, काठमाडौं । नेपाल प्रहरीले साथीको हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका टिष्टुङका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टिष्टुङका राजसिंह ठकुरी रहेका छन् । उनलाई आफ्नै साथी काठमाडौं बूढानीलकण्ठ–६ का सुशील तामाङको हत्या आरोपमा पक्राउ गरिएको हो । फरार रहेका ठकुरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चार दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै भएको दुई समूहबीचको झडपमा चुक्कु प्रहारबाट घाइते भएका तामाङको उपचारको क्रममा आइतबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । बुढानिलकण्ठमाथि चिसेनी डाँडामा संगै ‘खानपिन’ गरेका उमेश तामाङ र ठकुरीबीच केटी साथीको विषयमा विवाद भएको थियो । उमेशकी पूर्वप्रेमिका ठकुरीसंग प्रेममा रहेको विषयमा विवाद भएको थियो । विवादमा उमेशले आफ्नो अन्य साथीलाई बोलाएका थिए ।
गन्तव्यतर्फ जाने क्रममा उमेशले बोलाएका युवाहरुसंग हात्तिगौडामा पुनः झगडा हुँदा ठकुरीले प्रहार गरेको चक्कु आफ्नै मिल्ने साथी सुशिल तामाङलाई लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको एसएसपी सिंहले जानकारी दिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















