२९ पुस, हेटौंडा । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार सम्पन्न यसवर्षको अवार्डमा मन्देकाजी श्रेष्ठ र गौरिका सिंहलाई बर्षकै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरियो ।
गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् भने पुरुषतर्फ वर्ष खेलाडी बनेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए ।
गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायलथनकी सोनी गुरुङलाई पछि पारिन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिने ।
यस्तै राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाइस अवार्ड जित्नस सफल भईन । नागरिकको भोट तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।
यस विधामा अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् । २७ वर्षिया अरुणाले ३७.५२५ मत प्राप्त गरिन् ।
गल्फर सुवास तामाङले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । सुवासले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका थिए । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ खेलाडीले पदक जितेका थिए ।
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्पेसल अवार्ड पाए । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय अवार्ड जितेका थिए ।
नेपाली राष्ट्रिय महिला भलिबल टीमले टीम अफ दी इयर अवार्ड प्राप्त गर्न सफल रह्यो । महिला भलिबल टीमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेको थियो ।
पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । सन् असीको दशकमा यी दुई पाका खेलाडीले सर्वकालिन गौरवको उपलब्धी हात पारे । सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुदमा प्राप्त दुई स्वर्ण यी दुईको नाममा रह्यो ।
पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे ।
वर्ष पुरुष, महिला प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















