Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माघ ३ गते कांग्रेस मकवानपुर स्थानिय निकायमा गर्ने विरोध प्रदर्शनको सम्पूर्ण तयारी पुरा

139278673_490240355277428-1610713817.jpg

२ माघ, हेटौंडा । प्रधानमन्त्रीको संसद विघटन गर्ने असंवैधानिक कदम विरुद्ध भोली भाघ ३ गते मकवानपुरका सबै स्थानिय निकायमा हुने विरोध प्रदर्शन एवम विरोध सभाको तयारी पुरा भएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।
शुक्रबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पराजुलीले नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित शितल महल चोकमा १ बजे विरोध सभाको कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन् । सभाअघि फरेष्ट्रि क्याम्पस अगाडी भेला भएर विरोध ¥याली समेतको प्रदर्शन हुनेपनि सभापति पराजुलीले बताए । 
भेलालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित संसदका सदस्य प्रखर बक्ता प्रकास स्नेहीले सम्बोधन गर्ने पनि सभापति पराजुलीले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमले लोकतन्त्रको मुल्य र मान्यतालाई प्रतिस्थापन गर्ने खतरबाट जोगाउन नेपाली कांग्रेसले लगातार विरोधका कार्यक्रम गर्दै आगएको बताउँदै सभापति पराजुलीले भोली हुने विरोध प्रदर्शन र सभामा सहभागिताका लागी आम सर्वसाधरणमा समेत अपिल गरेका छन् । 
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य दिेशने उपाध्याय, नगर कोषाध्यक्ष कविन सांगामी लगाएतको उपस्थिति रहेको थियो ।
यसैविच जिल्लाको १० वटै स्थानीय तहमा गर्न लागेको विरोध प्रदर्शन तथा विरोधसभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
विरोध प्रदर्शन सहितको सभाको लागी नेपाली कांग्रेस मकवानपुरले यसअघिनै सम्पूर्ण १० वटै स्थानिय निकायमा प्रतिनिधि समेत तोकेको छ । प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।
त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।
त्यस्तै ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार