Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शंखधरको नाममा प्रतिष्ठान गठन

sankhadhar-sakhwa-1470492340.jpg

२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो ।
प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ पुस्तामाझ फैलाउने काम गरिने बताए । प्रतिष्ठानका सल्लाहकार बिके महर्जनले साख्वाको शालिकसहित अनुसन्धानमूलक जानकारी राख्न प्रतिष्ठानले भुमिका खेल्नेबारे बताए ।
शंखधर साख्वाले देश र जनताको हितमा गरेको योगदानका बारेमा खोज र अनुसन्धान गरि रचनात्मक क्रियाकलापहरु गरि उनलाई देश, बिदेशमा थप परिचित गराउँने प्रतिष्ठानको उदेश्य रहेको जनाईएको छ । २३ सदस्सीय प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा ज्योतिरत्न बज्राचार्य, उपसंयोजकमा शंकरलाल श्रेष्ठ र प्रेमलाल श्रेष्ठ, सचिबमा अनिलकृष्ण खड्गे कोषाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सहसचिबमा बिजय श्रेष्ठ, सहकोषाध्यक्षमा नियमराज बज्राचार्य रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा बद्रीबहादुर सुनार, शुभलक्ष्मी श्रेष्ठ, मंगलकृष्ण मानन्धर, बिष्णुगोपाल महर्जन, ज्ञानेन्द्र पराजुली, सुबर्णकेशर लामिछाने, निरजराज बैद्य, कबिन साँगामी, अभय श्रेष्ठ, बिजय थापा मगर, बिक्रम शाही, जंगबहादुर बस्नेत, सुरेश लामा, बिजयराज जोशी, नन्दलाल दास सिन्दुरिया, रुपकराज बज्राचार्य रहेका छन् । संस्थाको सल्लाहकारमा तुल्सी थापा, पुरनबहादुर जोशी, प्रताप बिष्ट, रामकृष्ण थापा, बिके महर्जन, अशोक शाक्य, ज्ञानकृष्ण प्रजापतिलाई राखिएको छ ।
सरकारले २०५९ कात्तिक २९ गते साख्वालाई राष्ट्रिय बिभुती घोषणा गरी उनले चलाएका नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता प्रदान गरेको थियो । एक हजार एक सय ३३ बर्षअघि तत्कालिन नेपाः राज्यको राजधानी काठमाडौँका नागरिकलाई साख्वाले ऋणमुक्त गरिदिएका थिए । सोही अबसरमा तत्कालिन राजा राघवदेवले नेपाल सम्बत् सञ्चालन गर्न अनुमती दिएका थिए । नेपालसहित तिव्वत र भारतमा समेत प्रयोग गरिएको चन्द्रमासमा आधारित नेपाल सम्बत् राणाकालसम्म प्रचलनमा रहेको बताईन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार