Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः आर्मीको विजयी सुरुवात

6001ba3832736_TAC_Binod_H-1610756824.jpg

३ माघ, हेटौंडा । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।
२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट भयो । समिर कँडेलले अर्धशतकिय इनिङ्समा बिपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाए । बिष्णु पाण्डेले १२ रन बनाए ।
आर्मीका राजेश पुलामीले ५ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासायी बनेको हो । यस्तै, भिम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु उच्च लक्ष्य प्रस्तुत गरेको थियो । बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।
यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए ।
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार