Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संसद बिघटनको विरोधमा मकवानपुर कांग्रेसले आज १० वटै स्थानिय निकायमा बिरोध प्रदर्शन गर्दै

14753930_208255609596018_-1610774166.jpg

३ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले आज जिल्लाका १० वटै स्थानिय तहमा बिरोध प्रदर्शन सहित विरोध सभाको आयोजना गर्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेस मकवानपुरले केन्द्रीय समितिको निर्देशन अनुसार आज १० वटै स्थानिय तहमा बिरोध प्रदर्शन र सभाको आयोजना गर्न लागेको हो । 
केन्द्रीय कार्यक्रम अनुसार हुने विरोध प्रदर्शन र विरोध सभाको सम्पूर्ण तयारी सकिएको नेपाली कांग्रेस मकवानपुरका प्रवक्त प्रदिप कोइरालाले जानकारी दिए । 
पूर्वघोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरापालिकाको शितलमहल चोक, थाहानगरापालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा बिरोध प्रदर्शन सहित सभा गर्न लागेको हो ।
बिरोध प्रदर्शन र सभाका लागी पार्टीले प्रतिनिधि समेत तोकेको छ । हेटौंडा उपमहानगरापालिकाका दिनको १२ बजे भेला भएर निस्कने प्रदर्शन सहितको ¥यालीको जिम्मेवारी पाटी उपसभापति बिष्णुप्रसाद लामिछानेलाई तोकिएको छ भने सभालाई केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित प्रतिनिधि सभाका सांसद प्रकाश स्नेहीले सम्बोधन गर्ने नगरसभापति आनन्दराम पराजुलीले जानकारी दिए । 
यसैगरी थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ भने बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।
यस्तै ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार