Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेतृ डिना

केपीले निर्वाचन गराउनुभनेको बयलगाडामा अमेरिका जानू सरहः स्नेही

ddddd-1610797085.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर संविधान र नेपाली जनताको आशा र भरोसा माथी कुठाराघात गरेको आरोप लगाएकी छन् । 
नेपाली कांग्रेस हेटौंडा उपमहानगरसमितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ डिनाले केपी ओलीले व्यक्तिगत लहडमा प्रतिनिधि सभा घिटन गरेर जनताको मतको अपमान गरेको दावी गरिन ।
उनले केपी ओलीको यस किसिमको गलत कृयाकलापको भण्डाफोर गर्न नेपाली कांग्रेस सडकमा उत्रिसकेको बताउँदै जनताको सहयोगको बलमा केपी ओलीलाई चाँडै सडकमा ल्याउने चेतावनी दिईन ।
नेतृ डिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र लोकताान्त्रिक गणतन्त्रको संस्थागत बिकास नहुन्जेलसम्म नेपाली कांग्रेस चुप लागेर नबस्ने पनि बताईन ।
उनले नेपाली कांग्रेस नेपाली जनताकै साथ र सहयोगमा पुनः स्थापित हुने दावी गर्दै कांग्रेसको आन्दोलनमा निरन्तर सहयोग गर्न आग्रह गरिन् । 
यस्तै विघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेहीले केपी ओलीले निर्वाचन गर्नुभनेको बयलगाडा चढेर अमेरिका जानू सरह भएको बताए । उनले केपी ओलीले निर्वाचन गराउँनकै लागी संसद विघटन नगरेको दावी गरे । 
उनले भ्रष्टाचारमा शुन्य सहनसिलता, म भ्रष्टाचारीको अनुहारपनि हेर्दिन भन्ने केपी ओलीका आसेपासे नै सबैभन्दा बढी भ्रष्ट भएको र उनीहरुको संरक्षण नै केपी ओलीले गरेको दावी गरे । भ्रष्टाचार गरेर जोडेको पैशाको बलमा चुनाव जित्ने सपना देखेको पनि नेता स्नेहीले आरोप लगाए ।
नेपाली कांग्रेस हेटौडा नगरसभापति आनन्द पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा बिघटित प्रतिनिधिसभाका सांसद प्रकाश स्नेही, नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, सल्लाहाकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, हरि वाग्ले, सुशान्त श्रेष्ठ, महासमिति सदस्य दिनेश उपाध्याय लगाएतको उपस्थिति रहेको थियो ।
सभाअघि फरेष्ट्रि गेट अघि भेला भएका नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले हेटौंडा बजारमा विरोध प्रदर्शन गरेका थिए ।
 

11-1610797087.jpg
55-1610797113.jpg
ww-1610797114.jpg
44-1610797215.jpg
22-1610797216.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार