Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

इन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको प्रदर्शन

1111-1610851308.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस इन्द्रसारोवर गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका समितिले संसद घिटनको असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ ।
गाउँपालिका समितिका सभापति विश्वलाल लामाको सभाध्यक्षतामा भएको विरोध सभामा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतित्थ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले संसद विघटन केपी ओली सरकारको असंबैधानिक कदम भएकाले खबरदारी गर्न आन्दोलनमा विरोध गरिएको बताए । उनले सरकारको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले निरन्तर आन्दोलन गर्ने चेतावनी दिदै संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास नहुन्जेल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चुपलागेर नबस्ने बताए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस मकवापनुर प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका सभापति यतिराज सापकोटाले कम्युनिष्टहरुले संविधान विघटन गरेर आफनो असली चरित्र देखाएको आरोप लगाए । भ्रष्टाचार र कुर्सी बाडफाडमा कुरा नमिलेपछि आफ्नो पार्टी भित्रको किचलोमा संविधान विघटन गरेर कम्युनिष्टहरुले जनतासँग रिस पोखेको बताए ।
जिल्ला सदस्य कमला लामा, माधव ब्लोन, बिरबहादुर बल, विष्णु कार्की, सुमन श्रेष्ठ, जमानसिंह लामा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी ६५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
 

139788686_412830913163807-1610859262.jpg
139790864_316322803096248-1610859263.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार