भीमसेन पौडेल
१० साउन, हेटौँडा । हेटौडा–१७ बारुतेमा निर्माण गरिएको कमलेश्वर महादेव मन्दिरको मंगलवार अनावरण गरिएको छ । मन्दिरको पूर्व गृहराज्य मन्त्री एवम मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँले अनावरण गरेका हुन् ।
कार्यक्रममा सांसद बानियाँले धार्मिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । नेपालको संविधानले सबै धर्मप्रति सम्मान गरेको बताउँदै बानियाँले धर्मकै माध्यमबाट देशमा एकता कायम भएको बताए ।
समितिका कोषाध्यक्ष भवनाथ गौतमले सबैको सहयोगबाट मन्दिर ४ लाख ५५ हजार ४ सय ४९ रुपैयाँमा निर्माण भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अनावरण कार्यक्रममा हेटौडा १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाले १० हजार १०, हेटौडा १७ का शिव सुर्खेतीले १० हजार १ सय ११, धु्रवप्रसाद दुलालले ५ हजार २५,हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईले ५ हजार ५ रुपैयाँ, १७ नम्बरका वडाध्यक्ष भैरवबहादुर राईले २ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्नु भएको थियो ।
यसैगरी हेटौडा ६ का वडा सदस्यहरु रामहरी राईले ३ हजार ५, राजकुमार बास्तोलाले २ हजार ५ सय ५, कल्पना विश्वकर्माले २ हजार ५ सय ५, गढी ३ का अर्जुनप्रसाद दाहालले १ हजार ५ सय १०, हेटौडा १७ का टीकाप्रसाद तिमल्सिनाले १ हजार ५१, विश्व भट्टले १ हजार १०, हेटौडा–६ की मन्दिरा घिमिरेले १ हजार १०, हेटौडा १७ का बुद्धिबहादुर कार्कीले १ हजार सहयोग गरेका थिए ।
मन्दिर निर्माण समितिका अध्यक्ष चेतनाथ चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई,१६ का वडाध्यक्ष रामकृष्ण कोईराला, १७ नं. वडाध्यक्ष भैरबबहादुर राई, हेटौडा उपमहानगरपालिका नगर सदस्य एवम ६ नं वडा सदस्य कल्पना विश्वकर्मा, मकवानपुर उद्योग बाणिज्य संघका सदस्य रविन्द्र घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, मन्दिर अनुगमन समितिका संयोजक विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















