१० साउन, काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ । नाम टुंगिएसंगै अब मन्त्रीपरिषद विस्तार हुने भएको छ । स्रोतहरूका अनुसार बुधबार मन्त्रीपरिषद विस्तार हुनेछ ।
पार्टीबाट मन्त्री बनाउने नाममा सभापति एवम् प्रधानमन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको छ । कांग्रेसले पाउने १३ मध्ये बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट १/१ जना मन्त्री बन्नेछन् ।
अनलाइन न्यूज पोर्टल पहिलो पोष्टका अनुसार पौडेलले बुझाएका नाममा केन्द्रीय सदस्य रामकृष्ण यादव तथा सांसदहरु यज्ञबहादुर थापा, संजय गौतम र राजन केसी छन् । पौडेलले बुझाएका नाम मध्ये सांसद् गौतम बर्दियाका सभापति, थापा कास्कीका पूर्वसभापति हुन् भने सांसद् केसी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं १० बाट हराएर निर्वाचित सांसद् हुन् ।
पहिलो चरणमा नाम बुझाइएका बलबहादुर केसी भने पौडेलको सिफारिसमा यो पटक परेका छैनन् । यस्तै पौडेल पक्षबाट मन्त्रीका लागि चर्चामा रहेका सरिता प्रसाईँ र कमला पन्तको नाम सिफारिस नभएसँगै पौडेल पक्षबाट महिला मन्त्री नहुने भएका हुन् ।
त्यस्तै, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट चार मन्त्री थपिने भएका छन् । देउवाले बनाउन लागेका मन्त्रीहरुमा मीनबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत छन् । देउवाले आफ्नो पक्षबाट थप्न लागेका सबै मन्त्री केन्द्रीय सदस्य हुन् । महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी अम्विका कांग्रेसबाट मन्त्री हुनेमा एक्ली महिला हुने भएकी छन् । देउवा पक्षबाट यस अघि चर्चामा रहेका सांसद भरतकुमार शाहको नाम भने परेन ।
सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ । कांग्रेसका यस अघिका तीन मन्त्री उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर देउवा समूहका हुन् ।
डिना को सम्भावना कति ?
मन्त्रीपरिषद विस्तारमा यसपटक केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको नाम चर्चामा रहेको थियो । तर पछिल्लो समय उनको नाम अोझेलमा परेको छ । महिला नेतृहरूमध्ये देउवा खेमाकै प्रभावशाली भएकाले उनी मन्त्री बन्ने करिव निश्चित रहेको मकवानपुरमा चर्चा थियो । केन्द्रमा पनि उनको नाम अघि न थियो ।
तर महिला संघकी पूर्व केन्द्रीय सदस्य अम्विका बस्नेतको नाम देउवा टिममा परेपछि उनको सम्भावना कम भएको एक नेताले बताए । एक पटक राज्यमन्त्री भईसकेकाले उनलाई मन्त्री बनाउनु पर्ने दवावका कारण समस्या परेको जनाइएको छ । 'तर अन्तिम निर्णय भै नसकेकाले उनलाई मन्त्री बनाउने प्रयास जारी रहेको छ ।'-एक नेताले भने ।
चर्चामा रहेका सरिता प्रसाईँ, कमला पन्त, अम्विका बस्नेत र महालक्ष्मी डिना उपाध्यायमध्ये बस्नेतको नाम करिव पक्का भएको जनाइएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















