Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु

20210118_192908-1610977655.jpg

५ माघ, हेटौंडा । सोमबारबाट हेटौंडामा सुरु भएको भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ४ खेल सम्पन्न भएका छन् ।

सोमबार भएको चार खेलमा आयोजक हेटौंडा भेट्रान्स, डिल्लिबजार भेट्रान्स, जोरपाटी भेट्रान्स र फुटसल भेट्रान्स हेटौंडाले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगीता अन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गरेको छ । हेटौडा भेन्ट्रान्सको जितका लाग्ी कृष्ण मालाकार एक्लैले ४ गोल गरे भने बालकुमार गुरु« र निमा लामाले समान एक एक गोल गरे । कोल्बीको तर्फबाट परदेशी चौधरीले एकमात्र सान्तवना गोल फर्काए ।

यस्तै सोमबारै भएको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडालाई १–० गोल अन्तरले हराउँदै डिल्लि बजार भेट्रान्स काठमाण्डौ विजयी भएको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गरेको एकमात्र गोल निर्णायक बन्यो ।यसैगरी सोमबार भएको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–०  गोल अन्तरले  पराजित गरेको छ । जोरपाटिको जितको लागी एकमात्र निर्णायक गोल दिपक लामा गरे ।

यस्तै सोमबारबो चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडा विजयी भएको छ । फुटसल हेटौंडा भेट्रान्सले बीरगञ्ज युथ एकेडेमी लाई १–०  गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरे । 

छैटौ संस्करणको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

यसअघि हेटौंडा भेट्रान्स कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाअध्यक्षतामा भएको औपचारीक कार्यक्रमका विच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार