Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

माओवादीबाट मन्त्री बन्नेको टुंगो लाग्यो

Moist-Headquater-1501057910.jpg

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रीपरिषदमा सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सहभागी हुनेहरूको नाम देउवालाई बुझाएको छ । 
पार्टी हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याएर प्रधानमन्त्री देउवालाई नामावली बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए । माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेलले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले उर्जा, आशा खनालले महिला तथा बालबालिका, शिव मण्डलले आपूर्ति, सन्तकुमार चौधरी पशुपंक्षी विकास र टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय सम्हाल्नेछन् । यसअघि माओवादी केन्द्रबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह सरकारमा गईसकेका छन् ।
यसअघि, मन्त्री बन्ने बताईएका मकवानपुरका सांसद रामनारायण विडारीको नाम भने यसपटक पनि मन्त्रीपरिषदमा अटेन । उनलाई मन्त्री बनाउने बारेमा पार्टीमा यसअघि चर्चा भएपनि अन्तिममा भने उनी ‘आउट’ भएका छन् । पार्टीले राज्यमन्त्री समेत थप्ने भएकाले अहिले नै उनको सम्भावना भने नटरेको माओवादी केन्द्र मकवानपुरका एक नेताले बताए । उनका अनुसार राज्यमन्त्री बन्ने वा नबन्ने निर्णय भने विडारीले नै लिने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार