Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा ७ नम्बर वडा इकाईको चियापान

Nepali-Congress11-1611138766.jpg

७ माघ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा इकाई समितिको आयोजनामा ओली नेतृत्वको सरकारले चालेको असंवैधानीक  कदमको विरुद्धमा हुने माघ ८ गते हुने  वडा स्तरिय विरोध कार्यक्रमको तयारीको लागि छलफल तथा चियापान कार्यक्रम भएको छ । 
नेपाली कांग्रेसले देशव्यापी रुपमा वडा स्तरमा गर्ने विरोध कार्यक्रमको तयारी र कांग्रेसमा आस्था राखेर प्रवेश गरेकाहरुको स्वागत तथा सम्मानको लागि कार्यक्रमको आयोजना गरिएको ७ नम्बर वडा इकाई सभापति दामोदर गौतमले जानकारी दिए । वडा सभापति गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपसभापति लामिछानेले सरकारको कदम गलत भएको र संविधानमा पनि त्यस्तो व्यवस्था नभएकोले कांग्रेस सडकमा उत्रनुपरेको बताए । कांग्रेस जनतासंग प्रत्यक्ष सहकार्य गर्दै अगाडी बढ्ने पार्टी भएकाले जनतामाथि भएको कुठाराघातलाई हटाउन सडकमा कांग्रेस आएको बताए । ओली सरकार स्वार्थमा चलेको उनको आरोप समेत छ । 
कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले कांग्रेसले बोलेको कुरा पु¥याउने दावी गरे । कम्युष्टिहरुले जस्तो झुटो आश्वासन कांग्रेसले नबाढ्ने भन्दै नगर सभापति पराजुलीले सरकारको कदम जनताको हितमा नभएकाले आन्दोलनमा जानुपरेको बताए । जनताको मनोभावना बुझ्न सक्ने सरकार बन्न नसकेको उनले आरोप लगाए । सरकारमाथि जनताको वितृष्णा बढी भएको उनको ठहर छ । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का पूर्व सचिव दीपक खड्कालगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार