Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संसद विघटन विरुद्ध मकवानपुर कांग्रेसले आज जिल्लाका सबै वडामा प्रदर्शन गर्दै

14753930_208255609596018_-1611189488.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आज जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको विरुद्धमा विरोध प्रदर्शन गर्दै छ । 
सरकारले असंवैधानिक तवरबाट संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गरिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले घोषणा गरेको विरोधको कार्यक्रम अन्तर्गत बिहीबार आज मकवानपुरको १०२ वटै वडामा विरोध प्रदर्शन गर्न लगोको हो । 
वडा–वडामा हुने विरोध प्रदर्शनको तयारी सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । तयारीको बिषयमा नेपाली कांग्रेस मकवानपुरले हिजो बुधबार प्रत्रकार सम्मेलन गरी जानकारी समेत गराएको थियो । 
संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । 
प्रेस युनियन मकवानपुरको संयोजनमा बुधबार भएको पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेले कम्युनिष्ट सरकारले गरेको ‘कू’ को विरुद्धमा एकढिक्का हुन आम जनता तथा कांग्रेस कार्यकर्तालाई अनुरोध गरेका थिए । 
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल विद्यार्थी संघ सभापति राजु खतिवडालगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार