Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर

141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् ।
सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको उनीहरुको आराप छ । 
नेपाल डेरी एशोसिएसन नेपालको आयोजनामा आइतबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्रिए स्वदेशी किशान र लगानीकर्ताहरु विस्थापित हुने बताए । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कार्यसमिति सदस्य एवम कृषि पर्यटन समतिका संयोजक अरुण सुमार्गीले नेपालको कृषि क्षेत्रमा वैदेशिक लागनी खुल्ला गर्न सरकारले लिएको नितिको बिरोध गरे । उनले नेपाली लगानी कर्ताहरुलाई विस्थापित गराउँने गरी सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने गरी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताए । 
केन्द्रीय सदस्य सुमार्गीले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरिएको विषयमा कृषिमन्त्रीसँग छलपल गर्न समय लिईसकेको जानकारी दिँदै उक्त अध्यादेश फिर्ता नभए सरोकारवालाहरुको आन्दोलनमा महासंघले पनि साथदिने प्रतिवद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै एशोसियनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा बैदेशिक लगानी भित्राउन ल्याएको अध्यादेशले स्वदेशी लगानीकर्तालाई उद्योग बन्द गर भन्न खोजेको आरोप लगाए । 
उनले प्रतिनिधिसभाले २०७५ चैत २८ गते अध्यादेश पास नगरेको तर संसद विघटन भएपछि रातारात अध्यादेश ल्याईएको भन्दै यसरी चोरबाटोबाट अध्यादेश ल्याउनुपर्ने कारण के हो भन्दै प्रश्न गरे । उनले अध्यादेश जारी गरेको विरोधमा माघ १४ गते काठमाडौको माइतिघर मण्डलामा संघर्षको कार्यकम हुनेपनि बताए ।
पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्षः राजन दाहाल, पूर्व अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
सरकारले वैदेशीक लगानी खुला गर्ने निर्णय गरेसँगै डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लागनी खुला गर्ने निर्णय गरेपछि यसक्षेत्रका लगानीकर्ताहरु आन्दोलित भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार