११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् ।
सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको उनीहरुको आराप छ ।
नेपाल डेरी एशोसिएसन नेपालको आयोजनामा आइतबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्रिए स्वदेशी किशान र लगानीकर्ताहरु विस्थापित हुने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कार्यसमिति सदस्य एवम कृषि पर्यटन समतिका संयोजक अरुण सुमार्गीले नेपालको कृषि क्षेत्रमा वैदेशिक लागनी खुल्ला गर्न सरकारले लिएको नितिको बिरोध गरे । उनले नेपाली लगानी कर्ताहरुलाई विस्थापित गराउँने गरी सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने गरी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताए ।
केन्द्रीय सदस्य सुमार्गीले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरिएको विषयमा कृषिमन्त्रीसँग छलपल गर्न समय लिईसकेको जानकारी दिँदै उक्त अध्यादेश फिर्ता नभए सरोकारवालाहरुको आन्दोलनमा महासंघले पनि साथदिने प्रतिवद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै एशोसियनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा बैदेशिक लगानी भित्राउन ल्याएको अध्यादेशले स्वदेशी लगानीकर्तालाई उद्योग बन्द गर भन्न खोजेको आरोप लगाए ।
उनले प्रतिनिधिसभाले २०७५ चैत २८ गते अध्यादेश पास नगरेको तर संसद विघटन भएपछि रातारात अध्यादेश ल्याईएको भन्दै यसरी चोरबाटोबाट अध्यादेश ल्याउनुपर्ने कारण के हो भन्दै प्रश्न गरे । उनले अध्यादेश जारी गरेको विरोधमा माघ १४ गते काठमाडौको माइतिघर मण्डलामा संघर्षको कार्यकम हुनेपनि बताए ।
पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्षः राजन दाहाल, पूर्व अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
सरकारले वैदेशीक लगानी खुला गर्ने निर्णय गरेसँगै डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लागनी खुला गर्ने निर्णय गरेपछि यसक्षेत्रका लगानीकर्ताहरु आन्दोलित भएका छन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







