Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङबासीको पिडा ’टेलिकमको सिम छ नेटवर्क छैन’

Gati-mandra-BTS-tower-Ntc-1611578468.jpg

सांकेतिक तस्बिर

१२ माघ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल टेलिकमको नेटवर्क नहुदा पालिकाबासीमा संचारको पहुँचबाट टाढा हुन परेको वाध्यातमक अवस्थाको सिर्जना भएको छ । 
गाउपालिका राक्सिराङ गाउँपालिका–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर रहेको टेलिकमको टावरमा विद्युतको व्यवस्था नगरिदिँदा र सोलार च्यानलबाट चार्ज भएको ब्याट्रीले धान्न नसक्ने र घाम नलागेको समयमा मोबाइलमा नेटवर्कनै गायव हुने स्थानियले आरोप लगाएका छन् ।
सोलार प्यानलबाट उत्पादित विद्युतले नधान्दा दैनिक १८ घण्टासम्म मोबाइल सेवा अवरुद्ध हुने गरेको छ । जाडो मौसममा बर्षौँदेखि गाउँबासीले यो समस्या भोग्दै आएता पनि टेलिकमले भने समस्या समाधानमा बेवास्ता गरिरहेको  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले  बताएका छन् । 
मोबाइल सेवा अवरुद्ध हुँदा गाउँबासीका साथै गाउँपालिकाको कामकारबाहीमा समेत असर परेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले भने ।
राक्सिराङ गाउँपालिका–२ स्थित भाँटी र राक्सिराङ–८ स्थित टोड्केमा नेपाल टेलिकमको टावर रहेको छ ।टावर स्थापनाको समयमा त्यस क्षेत्रमा विद्युत् नभएका कारण सोलारको प्रयोग गरिएको थियो तर अहिले दुवै ठाउँमा विद्युत् सेवा पुगेको छ । यद्यपी टावरमा विद्युत् जडान गरी सेवालाई बेवस्थित गर्नेबारे टेलिकमले ध्यान दिएको छैन ।
विद्युतको समस्याका कारण मोबाइल सेवा लामो समय अवरुद्ध हुने गरेको समस्या समाधान गर्न गाउँपालिका कार्यालय र गाउँबासीले पटकपटक टेलिकमको हेटौंडा कार्यालयले ध्यानाकर्षण गराएता पनि बेवास्ता गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।
मल्लले टेलिकमको बेवास्ताका कारण गाउँको शान्ति सुरक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा पनि असर परिरहेको छ ।समस्या समाधान गर्न धेरै पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएको प्रति आक्रोश पोखेका छन्। 
नेपाल टेलिकम हेटौंडाका प्रमुख हंसराज विजयानन्दले भने राक्सिराङमा टेलिकमको नयाँ टावर स्थापनाको तयारी भइरहेको भन्दै चाँडै नै समस्याको समाधान हुने दावी गरे । ‘हामीले नयाँ टावर राख्नेबारे जग्गाको खोजी गरिरहेका छौं । जग्गा प्राप्त भएपछि नयाँ टावर स्थापना गर्छौं । वडा कार्यालयसँग यसबारे कुरा भइसकेको छ । नयाँ टावर स्थापनापछि जुनसुकै समयमा पनि मोबाइल सेवा उपलब्ध हुन्छ ।’ विजयानन्दले भने ।
नेपाल टेलिकमको नेटवर्क नहुदा राक्सिराङबासीले भन्ने गरेका छन् । मोवाइलमा सिम छ तर नेटवर्क छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार