२४ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सुभेच्छुक संस्थाहरुको आयोजनामा शनिवार हेटौंडामा विरोध प्रदर्शन सहित सभाको आयोजना भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंबैधानिक कदमको विरुद्धमा हेटौंडामा पनि सुभेच्छुक संस्थाहरुले प्रदर्शन सहित सभाको आयोजना गरेका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लामिछानेले सर्पलाई जतिनै दुध पिलाएपनि बिष नै ओकल्ने बताउँदै दुईतिहाई नजिकको बहुमत पाएर पनि कम्युनिष्टहरुले संसद विघटन गरेर आफ्नो चरित्र देखाएको आरोप लागए । ओली र प्रचण्डको अपवित्र गठबन्धनका कारण देश समस्यामा परेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष लामिछानेले अब नेपाली जनताले सत्य के हो भन्ने बुझ्नुपर्ने बेला आएको बताए ।
उनले विगत देखिनै हरेक राजनितिक समस्याको निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै अहिलेको समस्याको निकास पनि कांग्रेसले नै दिने दावी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका उपाध्यक्ष युवराज लामा लागाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक संघ मकवानपुरका अध्यक्ष राजबाबु पहाडी, वनसम्पदा उपभोक्ता राष्ट्रिय महासंघका शिवबहादुर भण्डारी लगाएत नेपाली कांग्रेसका विभिन्न सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नेपाल शिक्षक संघ मकवानपुरका सचिव टिका प्रसाद दाहालले गरेका थिए।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













