Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा ५ मा रहेको बहुउपयोगी बक्सिङ कर्भडहलको उद्घाटन

147548550_514131855591019-1612663640.jpg

२५ माघ, हेटौंडा । पिप्ले युवा क्लवले निर्माण गरेको बहुउपयोग कबर्डहलको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माण भएको कबर्डहलको उपमहानगरपालिका मेयर हरि वहादुर महतले उद्घाटन गरेका हुन् ।
पीप्ले युवा क्लवका अध्यक्ष सुशिल घिमिरेको अगुवाईमा निर्माण भएको हलमा बक्सिङका अतिरिक्त व्यडमिन्टन, टेबलटेनिस लगायतका खेल खेल्न मिल्ने गरी बनाइएको छ । एक करोड लागतमा हल निर्माण भएको क्लवका अध्यक्ष सुशिल घिमिरेले जानकारी दिएका छन् । 
एक करोड मध्ये २५ लाख नगद र वाँकी जिन्सी सहयोगबाट हल निर्माण सम्पन्न भएको अध्यक्ष घिमिरेको भनाई छ ।
वडा नम्बरका वडा अध्यक्ष राजेश बानियाँ एक लाखबाट सहयोगबाट सुरु भएको कबर्डहल निर्माणमा हेटौडा नगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, विभिन्न खेलकुद संघ सस्था तथा खेलप्रेमीहरुबाट प्राप्त नगद र जिन्सि सहयोगले हल निर्माण भएको घिमिरेले बताए ।
यसैगरी कार्यक्रमका अवसरमा हल संचालन तथा खेलकुृद गतिविधि सुृचारु गर्न क्लव अध्यक्ष घिमिरेले दश लाख रुपया क्लवलाई हस्तान्तरण गरेका छन् भने कोषका लागि हेटौडा उपमहानरपालिकाले पनि ५ लाख दिने मेयर महतले घोषणा गरेका छन् । 
यस्तै मेयर महतले उक्त कार्यक्रमको अवसरमा पीप्ले युवा क्वले क्याम्पाडाँडामा निर्माण सुरु गरेको फुटबल मैदानका लागि पनि नगरपालिकाले यो आर्थिक वर्षमा २० लाख सहयोग गर्ने प्रवितवद्धता व्यक्त गरे । वडा अध्यक्ष बाँनियाले दिएको पाँच लाख बटा खेलमैदान निर्माण सुरु भएको हो ।
क्वलका अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मेयर महत, वडा अध्यक्ष राजेश बाँनिया, वक्सिङ संघका केन्द्रिय अध्यक्ष राम अवाले बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार