Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकः अविश्वास प्रस्तावबारे छलफल

NC-Photo1-1612706858.jpg

२५ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भएको छ । आइतबार संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकमा मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा टेबुल भएको अविश्वासको प्रस्ताव बारे छलफल भएको हो ।
छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले मूख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठकमा चाल्नुपर्ने रणनीतिबारे आफ्नो धारणा राखेका थिए । ‘आइतबारको बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राख्ने काम भयो ।’–संसदीय दलका सचिव निमा लामाले भने–‘अर्को बैठकमा थप धारणा राख्ने काम हुनेछ ।’ बैठकले हतारमा निर्णय नगरी मतदानको समयसम्म पर्याप्त छलफल गरी निर्णय लिनुपर्नेमा जोड दिएको छ । 
बैठकमा सहभागीहरुले नेपाली कांग्रेसले हतार र हतासमा निर्णय लिनुभन्दा उचित समय आएपछि उचित निर्णय लिनुपर्ने धारणा राखेको सचेतक छिरिङ दोर्जे लामाले बताए । बैठकले संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई नै थप छलफल र समन्वयका लागि जिम्मा दिने निर्णय गरेको छ । 
फागुन ५ गते अघि बस्ने बैठकले थप रणनीतिबारे निर्णय गर्ने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार