Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभा स्थगित गरेकोमा विरोध, उपसभामुखलाई विरोधपत्र (तस्बिरहरु)

Birod1-1613555377.jpg

५ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सूचना टाँसेर पटक पटक स्थगित गरिएकोमा सांसदहरुले विरोध गरेका छन् ।
बुधबारका लागि बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरेपछि प्रदेशसभामा पुगेका सांसदहरुले विरोध गरेका छन् । मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथि बैठकमा छलफल हुने भनिएकोमा एकाविहानै अचानक संसद स्थगित गर्नु निन्दनीय विषय भएको सांसद प्रतिमा श्रेष्ठको भनाई छ ।
मूख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएपछि दुई पटक सूचना टाँसेर संसद बैठक स्थगित भईसकेको छ । मंगलबार सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्षी नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, सत्तापक्ष र अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षसहितको बैठकमा बुधबार संसद संचालन गर्ने र अविश्वासको प्रस्तावमाथि छलफल हुने सहमति भएको नेकपा (दाहाल–नेपाल) का संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यको बताईन् । तर छलफलको सहमतिलाई सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक लत्याएर काम गरेको उनको आरोप छ । सभामुखले कार्यव्यवस्था समितिमा छलफल गरेर अघि बढ्नुपर्नेमा पटक पटक नियम मिचेर प्रदेशसभालाई नै औचित्यहिन बनाउने काम गरेको नेकपा (दाहाल–नेपाल) का संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यको जिकिर गरिन् । 
मूख्यमन्त्री डोरमणि पौडेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएको २ महिना हुन लाग्दा समेत यसलाई निस्कर्षमा पु¥याउन सभामुख श्रेष्ठले चासो नदिनुमा केन्द्रीय राजनीतिको प्रभावको रुपमा सांसदहरुले लिएका छन् । उनीहरुले सांसद सुचारु गराउन उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएका छन् । त्यसपछि उपसभामुखले विरोधपत्र प्रदेशसभा सचिव कृष्णहरी खड्कालाई हस्तान्तरण गरेकी थिईन् । अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले निरन्तर आन्दोलन गरेर सभामुखलाई प्रदेशसभा संचालनका लागि बाध्य पार्ने सांसद प्रेमबहादुर पुलामीको चेतावनी छ ।
गत पुस १० गते नेकपाकै ४५ जना सांसदले मूख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यस यता माघ १९ र फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठक मूख्यमन्त्री पौडेलमाथिको अविश्वासको प्रस्तावबारे हुने छलफल छल्न सूचना टाँसेर स्थगित भईरहेको छ । यसले प्रदेशका नागरिकसंग जोडिएका अन्य विषय प्रदेशसभामा प्रवेश गर्ने बाटो समेत बन्द भएकाले अविश्वासको प्रस्ताव टुंगो लगाउनुपर्ने आवाज बलियो बन्दै गएको छ ।

Birod2-1613555473.jpg
Birod4-1613555474.jpg
Birod5-1613555474.jpg
Birod6.6-1613555868.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार