५ फागुन, हेटौंडा । बुधबार बस्ने तय भएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा जारि विज्ञप्तिमा बैठक स्थगित गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो ।
विज्ञप्तिमा बागमती प्रदेशको फाल्गुण ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएकोमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
राजनीतिक सहमतिका लागि अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षसंग मंगलबार प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा संचालन गर्ने सहमति भएकोमा यस विपरित विहान सूचना टाँसेर स्थगित गरेकोमा नेपाली कांग्रेसले असहमति जनाएको छ ।
संसदीय अभ्यासको मर्म र भावना विपरित अचानक भएको यस्तो कार्य पटक पटक दोहोरिंदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भिर हुनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउनुपर्ने पक्षमा रहेको अवगत गराएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले यस्तो कार्यप्रति गम्भीर असहमति जनाउँदै आगामी दिनमा यस्तो कार्य नहोस् भन्नेतर्फ सभामुखसंग आग्रह गरेको छ ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
-1613567577.png)



_edit_12985189-1794274603.jpg)













