Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी मनाइयो हेटौंडामा ७१ औं प्रजातन्त्र दिवस (फोटो फिचर)

Screenshot_20210219-08450-1613708996.jpg

७ फागुन, हेटौंडा । बागमती  प्रदेशको राजधानी हेटौँडामा शुक्रबार ७१ औं प्रजातन्त्र दिवस मनाईएको छ । हेटौँडा-४ भुटनदेवी स्कुलको चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

प्रजातन्त्र दिवस मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा गरिएको प्रभातफेरी पछि भएको सभाका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले २००७ सालमा जनताले ल्याइएको प्रजातन्त्र र प्रजातन्त्र ल्याउन सहादत प्राप्त गरेका सहितको रगतलाई सम्मान गरिनुपर्ने बताए । 

त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश सरकार संविधान, विधि एवं पद्धति पालनमा पूर्ण प्रतिवद्ध रहेको बताए । उनले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचार, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्था भएकाले सोही अनुरुप आफ्नो आचारण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका हुन् । 

त्यस्तै कार्यक्रममा बोल्दै काँग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्रबहादुर बानियाँले राणा फालेर ल्याइएको प्रजातन्त्रको सबैले रक्षा गर्नुपर्ने बताए।

कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी प्रर्दशन गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री पौडेल सहित सभामुख सानु कुमार श्रेष्ठ,काँग्रेस बागमती प्रदेश संसदियदलका नेता ईन्द्रबहादुर बानियाँ, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रदेश मन्त्रालयका सचिव, विद्यालयका विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Screenshot_20210219-08460-1613710516.jpg
Screenshot_20210219-08452-1613710516.jpg
Screenshot_20210219-08454-1613710555.jpg
Screenshot_20210219-08450-1613710556.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार