Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सभामुख श्रेष्ठको अभिव्यक्तिप्रति कार्यविधि मस्यौदा समितिको आपत्ति

KaryaBidhi1-1613782739.jpg

८ फागुन, हेटौंडा । अविश्वासको प्रस्ताव कार्यविधि नबन्दा प्रदेशसभा संचालन गर्न समस्या परेको भन्ने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अभिव्यक्तिप्रति अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिले आपत्ति जनाएको छ । कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङदोर्जे लामाले सामाजिक सञ्जाल फेसुकमार्फत प्रतिक्रिया दिंदै बागमती प्रदेशसभा स्थगित भईरहेको विषयमा अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिलाई जोडेर सभामुख सानुकुमार श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
उनले बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिले सो समितिकै ८ जना माननीय सदस्यहरु समिति सदस्य र प्रदेशसभा सचिवालय सचिव कार्यविधि समितिको सचिव रहने गरि माघ ६ गते मस्यौदा समिति गठन गरेको र सो समितिले कार्यविधि मस्यौदा तयार गरि कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश गर्ने निर्णय भएको जनाएका छन् । ‘सोहि अनुरूप समितिले मस्यौदा तयार गरिसकेको विषय सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयलाई जानकारी गराईसकेको र सभामुख ज्यूलाई प्रतिवेदन बुझाउनका लागि पटक पटक कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्दा वेवास्ता गरिएकोमा कार्यविधि समितिलाई दोष देखाउनु निन्दनीय छ ।’–लामाले भनेका छन् ।
सभामुख श्रेष्ठले विहिबार प्रजातन्त्र दिवसको अवसर पारेर गरेको पत्रकार सम्मेलन गरी कार्यविधि तयार नभएकाले बैठक बोलाउन समस्या परेको भन्दै प्रदेशसभा संचालन नहुनुको दोष समितिलाई दिएका थिए । ‘कार्यविधि मस्यौदा समितिको संयोजकको हैसियतले अविश्वासको प्रस्ताव सम्बन्धि दस्तखत सहितको मत विभाजन आन्तरिक कार्यविधि मस्यौदा तयार भईसकेको र सभामुख ज्यूलाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखी प्रतिवेदन बुझाउने वातावरण तयार गर्न समितिको तर्फबाट माग समेत गर्दछु ।'–लामाले भने ।
उनले कार्यविधिको कारणले अविश्वासको प्रस्ताव माथि छलफल अघि वढाउन कुनै अवरोध नहुने कुरा स्मरण गराउँदै कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा बैठक बस्न नसक्नुमा समितिको कुनै पनि भूमिका नरहेको प्रष्ट परेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार