८ फागुन, हेटौंडा । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा शुक्रबार पनि निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो ।
एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा रह्यो । जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अंक जोड्यो ।
लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो । उपाधिसंगै एपीएफले १५ लाख रुपैयाँ हात पारेको छ उपविजेता आर्मीले ८ लाख रुपैयाँमा चित्त बुझायो ।
यस्तै तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।
महिला लिग अन्तर्गत शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई १०–० ले हराउँदै लिगमा सुखद अन्त्य गरेको छ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबकी सरु लिम्बु राष्ट्रिय महिला लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी बन्दै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् । मिडफिल्डर सरुले लिगमा ६ गोल गरेकी थिइन् ।
यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















