Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्थानीय तह मकवानपुर गोल्डकपको तेश्रो संस्करण फागुन २७ बाट हुने

153241276_419540655806238-1613998254.jpg

१० फागुन, हेटौंडा । मकवानपुरको हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरले तेस्रो संस्करणको प्रतियोगिताको मिति सार्वजनिक गर्दै तयारीको बिषयमा जानकारी दिएको हो । 
यस बर्षबाट पुरस्कार राशीमा समेत बृद्धि गरिएको प्रतियोगितालाई जिल्लाका १० वटै स्थानीय तहले प्रायोजन गरेका छन् । यस बर्षबाट प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने भएका छन् । 
यसअघि विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद २५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको छ । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा फागुन २७ गतेदेखि सुरु हुने प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागी हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख र जिल्लाका ८ वटा गाउँपालिकाले ५÷५ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । 
जिल्ला फुटबल संघका अध्यक्ष टिकारामा लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्यहरु माधव तिमल्सिना र कल्पना शर्मा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष एवम प्रतियोगिता संयोजक प्रताप विष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल खुसराज, अखिल नेपाल फुटबल संघका पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार